हुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना, ५० पिन्ट रगत स्टारे गर्ने क्षमता – Samacharpati Samacharpatiहुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना, ५० पिन्ट रगत स्टारे गर्ने क्षमता – Samacharpati
  • होमपेज
  • हुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना, ५० पिन्ट रगत स्टारे गर्ने क्षमता

हुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना, ५० पिन्ट रगत स्टारे गर्ने क्षमता

हुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना, ५० पिन्ट रगत स्टारे गर्ने क्षमता

कर्णबहादुर रोकाया, हुम्ला, ८ असाेज । जिल्ला अस्पताल हुम्लामा विभिन्न प्रकारका सेवा सुविधाहरु थपिएसँग ब्लड बैंकको स्थापना भएको छ । यसबाट माइनस र अन्य प्रकारका चिकित्सकीय कामका लागि सरल र सहज हुने भएको छ । अब अत्यावश्यक बिरामीहरुका लागि घर खोज्ने समस्या हटेको छ ।

यसअघि केही अत्यावश्यक र अन्य प्रकारका बिरामीहरुलाई रगत खोज्दा रनिंग रक्तदाताहरु खोज्नु पर्दा केही प्राविधिक र अन्य विभिन्न प्रकारका समस्याहरु आउने गरेका थिए भने अर्कातिर ब्लड स्टोर गर्ने इन्स्टुमेन्ट पनि थिएनन् ।

कर्णाली प्रदेश सरकारले दुर्गमका स्वास्थ्य केन्द्र र अस्पतालहरुको सुधार गर्ने उद्देश्यले विभिन्न प्रकारका स्वास्थ्य प्रविधिमा आवश्यक पर्ने उपकरण, सामान र बजेट उपलब्ध गराउँदा नेपालको सबभन्दा उचाईमा रहेको सदरमुकाम सिमकोटको जिल्ला अस्पतालामा अब ब्लड बैंक स्थापना भएकाले दुर्गमका बिरामीहरुको दुःख केही मात्रामा भए पनि हराउने आशा गरिएको डा.टसीअंमु लामाले जानकारी दिएका छन् ।

यो भन्दा पहिला एक त रंनिग ब्लड दिनुपर्ने र अर्को तत्काल सूचना जारी गरेर रक्तदाता खोज्दा ब्लड ग्रुप र अन्य प्राविधिक कठिनाईले गर्दा ब्लड लिन र दिन पनि कहिले काँही एक हप्ताको समय लाग्दा बिरामीको उपचार चाहेर पनि सह जगर्न गाह्रो भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाको तितो अनुभव रहेको छ ।

यो सेवाका साथै जिल्ला अस्पताल हुम्लामा अक्सिजन प्रदान गर्ने सेवा, आईसियु, भेन्टिलेर, र अन्य अत्यावश्यक उपकरणहरु उपलब्ध हुँदा सानोतिनो उपचारका लागि शहरतिर जाने वाध्यता रोकिएको छ । अब जिल्लामा पनि सहज रुपमा ब्लड दिने व्यवस्था उपलब्ध हुँदा स्थानीयहर खुशी भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका