टेड युनियन मतदानमा स्थानीय तहका कर्मचारी वञ्चित, कर्मचारी आन्दोलित • Nepal's Trusted Digital Newspaperटेड युनियन मतदानमा स्थानीय तहका कर्मचारी वञ्चित, कर्मचारी आन्दोलित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टेड युनियन मतदानमा स्थानीय तहका कर्मचारी वञ्चित, कर्मचारी आन्दोलित

टेड युनियन मतदानमा स्थानीय तहका कर्मचारी वञ्चित, कर्मचारी आन्दोलित

  • बुधबार, अशोज ७, २०७७
टेड युनियन मतदानमा स्थानीय तहका कर्मचारी वञ्चित, कर्मचारी आन्दोलित

कर्णबहादुर रोकाया, हुम्ला,  ७ असाेज । साविकका जिल्ला विकास समितिका कर्मचारी, स्वास्थ्य सेवा र स्थानीय तहमा नियुक्ती भएका कर्मचारीहरुलाई नेपाल निजामति कर्मचारीको आधिकारीक टेड युनियनको चुनावमा भोट दिने अधिकारबाट वञ्चित गरिएकोले स्थानीय तह कर्मचारी हकहित मञ्च जिल्ला कार्य समिति हुम्लाले विरोध जनाएको छ ।

यही असोज २४ गते हुने भनिएको उक्त चुनावका लागि आफुहरु पनि तोकेको संघ, प्रदेश र स्थानीय तहमा समायोन भए अनुसार नै मतदान गर्न पाउनु पर्ने भनि जिल्ला प्रशासन कार्यालय, हुम्ला र निर्वाचन अधिकृतको कार्यालय हुम्लामा विरोध स्वरुप ज्ञापनपत्र बुझाएको जानकारी स्थानिय तह कर्मचारी युनियनका केन्द्रीय सदस्य मोहन बहादुर शाहीले दिएका छन् ।
निजामति सेवा ऐन २०४९ तथा नियमावली २०५० बमोजिम नियुक्ति भएका कार्यरत कर्मचारी र कर्मचारी समायोजन २०७५ बमोजिम प्रदेश तथा स्थानिय तहमा समायोजन भएका कर्मचारीहरु पनि मतदाता हुन पाउने प्रावधान राखेको एउटै प्रकृतिबाट उतिर्ण भई स्थानिय तहमा नियुक्ती भएर आएका कर्मचारी, स्वास्थ्य सेवा र साविकका जिविसबाट समायोजन भएका कर्मचारीहरुले मतदान गर्न नपाउने निर्णय गरेकाले यो व्यवस्था नसुधारेसम्म विरोध जारी रहने सर्केगाड गाउँपालिकाका लेखापाल पूर्णप्रसाद आर्चायले बताएका छन् ।

उनले भने हामीहरुलाई तेस्रो दर्जाको रुपमा विभेदकारी नीति, अन्यायपूर्ण कार्यशैली, असमानता व्यवहार र हेपाहा व्यवहार गरेकोले देशभरीका स्थानीय तहका कर्मचारीहरुले आन्दोलन गर्नु पर्ने वाध्यता भएको केन्द्रीय सदस्य शाहीको मत रहेको छ ।

यो सरकारले यो रैवायालाई छिट्टै नसुधारे स्थानीय तहमा कार्यरत कर्मचारीहरु कडाभन्दा कडा विरोध र आन्दोलन गर्ने तयारीमा रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका