ट्राफिक सचेतना सम्वन्धि भर्चुअल माध्यमबाट कार्यक्रम संचालन | Samacharpati ट्राफिक सचेतना सम्वन्धि भर्चुअल माध्यमबाट कार्यक्रम संचालन – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • ट्राफिक सचेतना सम्वन्धि भर्चुअल माध्यमबाट कार्यक्रम संचालन

ट्राफिक सचेतना सम्वन्धि भर्चुअल माध्यमबाट कार्यक्रम संचालन

ट्राफिक सचेतना सम्वन्धि भर्चुअल माध्यमबाट कार्यक्रम संचालन

पोखरा, २ असाेज । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (covid – 19) को महामारी रोकथामका लागि नेपाल सरकारद्वारा जारी लकडाउन खुकुलो भए पश्चात लामो तथा छोटो दुरीका यात्रुबहाक सवारी साधन सुचारु भए संगै सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीले ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गर्ने कार्यलाई प्राथामिकतामा राखी विभिन्न विद्यालय र कलेजहरुसंगको समन्वयमा भर्चुअल  माध्यमबाट ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गर्न सुरु गरेको छ ।

कार्यालयले आज आश्विन २ गते पोखरा महानगरपालिका वडा नं ७ मासवार स्थित मदरल्याणड उच्च मा.वि.मा कक्षा १२ मा अध्यनरत अं १२५ जना विद्यार्थीहरुलाई सडक अनुशासन, सवारी दुर्घटना न्यूनिकरण, स्कटुर तथा मोटर साईकल जस्ता साना सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, विद्यमान मुख्य-मुख्य ऐन नियमहरु र कोरोना भाईरस  बाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले प्रशिक्षण प्रदान गर्नु भएको  थियाे।

साथै आगामी दिनहरुमा अन्य स्कुल तथा कलेजहरुमा समेत प्रशिक्षण कार्यलाई निरन्तरता दिईने कुरा पनि बताउनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार