हुम्ला जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव | Samacharpati हुम्ला जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • हुम्ला जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव

हुम्ला जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव

हुम्ला जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव

कर्णबहादुर रोकाया, हुम्ला, २ असाेज । संघीय सरकार मातहतको जिल्ला प्रशासन कार्यालय हुम्लामा कर्मचारी अभाबका कारण दैनिक कामकाजमा समस्या देखिएको छ । भएको दरबन्दीका कर्मचारीहरु पुरा नहुँदा करारका कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।

यो कार्यालयमा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी, अधिकृतस्तरको सहायक प्रमुख जिल्ला अधिकारी, तीन जना सुब्बा, चार जना खरिदार, एक जना लेखापाल, एक जना कम्प्युटर अपरेटर, एक जना सहायक कम्प्युटर अपरेटरको दरबन्दी रहेको छ । हाल यो अनुसार दरबन्दी भएर पनि कर्मचारी नहुँदा सामान्य प्रकारको कामकाज प्रजिअ र सहायक प्रजिअको दैनिकी बित्ने गरेको कार्यालय स्रोतबाट जानकारी प्राप्त भएको छ ।

हाल यो कार्यालयमा एक जना प्रमुख जिल्ला अधिकारी, एक जना सहायक प्रमुख जिल्ला अधिकारी, एक जना सुब्बा, एक जना कम्प्युटर अपरेटर र सात जना कार्यालय सहयोगीको भरमा जिल्लाको एक मात्र नियमन कार्यालयको हाल बेहाल अवस्था रहेको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिएका छन् ।

यस्तो कर्मचारी अभाब भएको कार्यालयका कार्यालय प्रमुख प्रमुख जिल्ला अधिकारी हुम्लाका विभिन्न गाउँठाउँका साथै हेलिकप्टरमार्फत जिल्लाभित्र र बाहिर दौडाहमा जाने गरेको पनि थाहा भएको छ । हालै प्रमुख जिल्ला अधिकारी, प्रहरीका निमित्त कार्यालय प्रमुख, पूर्वाधार विकास कार्यालय कार्यालय प्रमुख र अन्य केही कार्यालय प्रमुखहरु पनि कोरोनाको कहरमा हेलिकप्टरमार्फत रारा सयर गरेका छन् ।

यता जिल्लाको शान्ति सुरक्षा र अन्य कामहरुमा पटक पटक समस्या हुने गरेको कार्यालय स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको छ । सीमित कर्मचारी र कार्यालय सहयोगीले तीन चार फाँट हेर्नुपर्ने बाध्यता रहेको सूचना अधिकारी हमाले बताएका छन् ।

यसरी कोरोना महामारीका कारण सचेत हुनुपर्ने अवस्थामा पनि जिम्मेवार कार्यालयका कार्यालय प्रमुखहरुले यस्तो हर्कत देखाउँदा स्थानीयहरु अचम्ममा परेका छन् । दैनिक कामकाज पनि समस्या देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार