पाेखरा, २७ भदाै । नेपालमा उत्पादित ह्याण्ड स्यानिटाइजर मध्य ५ कम्पनिले उत्पादन गर्ने ह्याण्ड स्यानिटाइजरले स्वास्थ्यमा गम्भीर असर गर्ने पाईएकाे छ ।
औषधि व्यवस्था विभागले ती स्यानिटाइजर बिक्रि बितरण नगर्न र प्रयाेग नगर्न भनेकाे छ । बिभागले सुचना जारी गरि भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्याण्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजीन सोप एण्ड केमिकल प्रा.लि को इन्सटेन्ट ह्याण्ड सेनिटाइजर ओरिजलन, आधार केमिकल्स एण्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्स सेनिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर, रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्याण्ड स्यानिटाइजमा मेथानोल भेटिएको हो ।
तोकिएको मापदण्ड विपरित विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्रि वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।
साथै बिभागले उपभाेक्तालाई पनि यी कम्पनिका ह्याण्ड स्यानिटाइजर प्रयाेग नगर्न बिक्रि बितरण नगर्न अनुराेध गरेकाे छ ।
उक्त कम्पनिका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बिषाक्त रसायन समाबेश भएकाे जनाईएकाे छ । मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ। यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर पुर्याउने, स्नायु प्रणालीमा असर गर्ने लगायतका समस्या हुन्छ।