गौरव र मेनुका अभिनित ”गाउँघरै रमाइलो” सार्वजनिक | Samacharpati गौरव र मेनुका अभिनित ”गाउँघरै रमाइलो” सार्वजनिक – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • गौरव र मेनुका अभिनित ”गाउँघरै रमाइलो” सार्वजनिक

गौरव र मेनुका अभिनित ”गाउँघरै रमाइलो” सार्वजनिक

गौरव र मेनुका अभिनित ”गाउँघरै रमाइलो” सार्वजनिक

काठमान्डाैँ, २६ भदाै । गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ”गाउँघरै रमाइलो” बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ।एस।आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो ”साइँली”बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिने भएका छन् ।

”गाउँघरै रमाइलो” बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ ।

यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर्न सकिन्छ ।

गीत रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् ।

भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । भिडियो

आजको ट्रेन्डिङ समाचार