(कविता) ''बलात्कार'' • Nepal's Trusted Digital Newspaper(कविता) ''बलात्कार'' • Nepal's Trusted Digital Newspaper

(कविता) ”बलात्कार”

  • बिहिबार, भदौ २५, २०७७
(कविता) ”बलात्कार”

barsha karki 2

जब याद आउँछ त्याे रात मनमा  सिमल भुवाँ उड्छ ।

उ माथि भएकाे हिंसा सुन्दा आँखाबाट आँशुकाे मुल फुट्छ ।

उसका पनि थिए सपना हजार पुरा गर्ने रहर,

पार गर्न गाह्राे भयाे उसलाई त्यस रातकाे डहर,

कालाे लामाे रात उसकाे आवाजले मागेकाे त्याे पुकार,

आफ्नाे ज्यानकाे भिख माग्दै शब्दविहिन् उसका गुहार

नछुनु मलाई  भनि उसले मागिन् साहारा

कपडा उसकाे च्यातिदिए बनाई उसलाई आहारा

उसकाे ओठमा हात राखी पापीले गरे अंकमाल

फालिदिन आफ्नाे सास लिएर गयाे उसलाई काल

छाेरीकाे प्रतिक्षा गरेका बुबा आमा र उनकाे घर

गिद्ध नजरले छाेरीकाे अंग स्पर्श गर्दाकाे डर

अबाेध लाचार शरीद फालिदिए नहरमा

चर्चित बनाईदिए गरी बलात्कार उसकाे याे सहरमा

न्याय बिग्दाे  रहेछ यहाँ पैसाकाे गाँसमा

अझै पनि उसकाे परिवार  छन्  न्यायकाे आशमा

अझै पनि किन चुप छ  हाम्राे देशकाे सरकार खै

कहिले पाउँछन् ? उसकाे परिवारले छाेरीकाे अधिकार

दिन सजिलै नारीकाे सुरक्षा र सम्मानकाे भाषण

न्याय त गरिदैन गरिन्छ नारीमाथि शाेषण !!

न्याय त गरिदैन गरिन्छ नारीमाथि शाेषण  !!

-वर्षा कार्की

स्याङजा फेदिखाेला-२ खड्केटारी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका