ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग | Samacharpati ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

बागलुङ, २४ भदौ । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पुर्याउनको लागि सहयोग गरेको गुरुङले बताए ।

गुरुङले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा
सदस्यमा प्रतिनिधित्व गर्छन् ।

राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए ।

साथै, मनाङ जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजिब गुरुङको सहयोगले शोकलाई शक्तिमा बदल्न सहयोग मिलेको नगरप्रमुख नेपालीले बताए ।

एकद्वार प्रणालीबाट उचित व्यवस्थापनसहित राहत वितरण भैरहेको र अब कोषलाई प्रभावकारी बनाएर पुनस्थापनमा जुट्ने उनले बताए ।

आजको ट्रेन्डिङ समाचार