गण्डकी प्रदेशमा कोरोना संक्रमितका ७ सय ८४ सक्रिय केस, १७९७ निको भए • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशमा कोरोना संक्रमितका ७ सय ८४ सक्रिय केस, १७९७ निको भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमितका ७ सय ८४ सक्रिय केस, १७९७ निको भए

गण्डकी प्रदेशमा कोरोना संक्रमितका ७ सय ८४ सक्रिय केस, १७९७ निको भए

  • मङ्लबार, भदौ २३, २०७७
गण्डकी प्रदेशमा कोरोना संक्रमितका ७ सय ८४ सक्रिय केस, १७९७ निको भए

पोखरा, २३ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय पुगेको छ । यस्तै निको हुनेको संख्या १७९७ पुगेको छ । यो प्रदेशमा ७ सय ८४ सक्रिय केस छ भने १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले सोमबार साँझ ५ बजे जारी गरेको सुचनामा यो प्रदेशमा पछिल्लो २४ घण्टामा ७०३ परिक्षण गरेकोमा ८३ जना संक्रमित भेटिएका छन् भने २४ घण्टामा १२ जना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा कास्कीमा ३२ जना, गोरखामा १८ जना, नवलपरासी पुर्वमा १५ जना, लमजुङमा १४ जना र तनहुँमा ४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय पोखराका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिनुभयो ।

gandaki corona update1यसैबीच कास्कीमा संक्रमितको संख्या ४ सय ७८ पुगेको छ भने कास्कीमा २ सय २६ जना निको भएका छन् । कास्कीमा संक्रिय केसको संख्या २ सय ४६ रहेको छ । यस्तै कास्कीमा अहिलेसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको सुचनामा उल्लेख छ ।

यस्तै लमजुङमा संक्रमितको संख्या २ सय ७७ रहेको छ त्यस्तै लमजुङमा १ सय २० जना कोरोना निको भएका छन् भने १ सय ५७ सक्रिय केस रहेको छ । उता गोरखामा कुल कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको छ । गोरखामा कोरोनाबाट अहिलेसम्म १ सय २१ जना निको भएका छन् भने ५९ सक्रिय केस रहेको छ । गोरखामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको सुचनामा तनहुँमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ भने २ सय २२ जना निको भएको उल्लेख छ । तनहुँमा अहिले ६९ सक्रिय केस रहेको छ भने अहिलेसम्म यो जिल्लामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पुर्व कोरोना संक्रमितको संख्या ५६० रहेको छ भने निको हुनेको संख्या ३६५ रहेको छ । अहिले नवलपरासी पुर्वमा १९३ सक्रिय केस रहेको छ भने यो जिल्लामा २ जनाको मृत्यु भएको छ ।

gandaki corona update

स्याङ्जामा कोरोना संक्रमितको संख्या ३३६ पुगेको छ भने निको हुनेको संख्या ३०८ रहेको छ । यस्तै स्याङजामा २६ सक्रिय केस रहेको छ भने स्याङजामा २ जनाको मृत्यु भएको छ । उता पर्वतमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ भने निको हुनेको संख्या १०३ पगेको छ । यो जिल्लामा ६ सक्रिय केस रहेको निर्देशनालयले जारी गरेको सुचनामा उल्लेख छ ।

त्यस्तै बागलुङमा कोरोना संक्रमितको संख्या ३०५ पुगेको छ भने निको हुनेको संख्या २७५ रहेको छ । बागलुङमा अहिले २५ सक्रिय केस रहेको छभने १ जनाको मृत्यु भएको छ । त्यस्तै गरि म्याग्दीमा कोरोना संक्रमितको संख्या ५० पुगेको छ भने ४८ जना निको भएकाछन् । अहिले एक सक्रिय केस रहेको मनाङमा १ जनाको मृत्यु भएको छ । उता मुस्ताङमा कोरोना संक्रमितको संख्या १ रहेकोमा १ जना निको भएर घर फर्केको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै गण्डकी प्रदेशमा अहिले ५ सय ९४ जना क्वरेन्टाइनमा रहेका छन् । यो प्रदेशमा कोरोना संक्रमितको निको हुने दर ६९.११ प्रतिशत रहेको छ भने सक्रिय केसको दर ३०.१५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा मृत्युभएकोदर ०.७३ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको सुचनामा उल्लेख छ । गण्डकी प्रदेशमा अहिलसम्म ५२ हजार ५ सय ९३ पिसिआर परिक्षण भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका