नेपालमा आज कोरोनाबाट ११ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperनेपालमा आज कोरोनाबाट ११ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालमा आज कोरोनाबाट ११ जनाको मृत्यु

नेपालमा आज कोरोनाबाट ११ जनाको मृत्यु

  • सोमवार, भदौ २२, २०७७
नेपालमा आज कोरोनाबाट ११ जनाको मृत्यु

काठमाडौं, २२ भदाै । नेपालमा सोमबार कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएसँगै देशभर यो रोगबाट ज्यान गुमाउनेको संख्या ३ सय पुगेको छ ।

त्यस्तै नेपालमा आज९७९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । योसँगै ४७ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालमा आज १ हजार ७ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३०६७७ पुगेका छन् ।

यो ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज सक्रिय संक्रमितको संख्या १६२५९ जना रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयलका अनुसार होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् । आइसियूमा १ सय ७१ जना रहेका मध्ये २१ जना भेन्टिलेटरमा रहेका छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका