पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना नर्स र २ जना सहयोगिमा कोरोना संक्रमण पुष्टि | Samacharpati पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना नर्स र २ जना सहयोगिमा कोरोना संक्रमण पुष्टि – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना नर्स र २ जना सहयोगिमा कोरोना संक्रमण पुष्टि

पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना नर्स र २ जना सहयोगिमा कोरोना संक्रमण पुष्टि

पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना नर्स र २ जना सहयोगिमा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ भदौ । पोखराको पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु मध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् भने २ जना महिला सहयोगि रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सोमबार बिहान जारी गरिएको विज्ञप्तीमा सो अस्पतालका २ जना स्टाफ नर्स र २ जना महिला सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

यस्तै पोखरा फुड्स प्रा.लिमा कार्यरत २५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । बिज्ञप्तीका अनुसार सोमबार मात्रै कास्कीमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जना संक्रमित थपिएका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको निर्देशनालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार