पोखरा, २१ भदौ । पोखराको अमरसिंहचोकमा रहेको २ जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले पोखराले दिएको जानकारी अनुसार २ नर्स सहित पछिल्लो पोखरा महानगरपालिकाका विभिन्न वडामा २० जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै लमजुङमा २ जना, बागलुङमा ३ जना, स्याङजामा २२ जना, तनहुँमा ७ जना, गोरखामा २ जना र नवलपरासी पुर्वमा १३ जना संक्रमित सहित आइतबार बिहान गण्डकी प्रदेशमा ६९ जना कोरोना संक्रमित थपिएका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण एवं रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१६ पुगेको छ । कन्ट्याक ट्रेसिङबाट पहिचान भएका उनिहरुलाई आइसोलेशनमा लैजाने तयारी भईरहेको शर्माले जानकारी दिनुभयो ।