सयपत्री बचत तथा ऋण सहकारी संस्थाद्धारा सेयर सदस्यलाई कोरोना बिमा | Samacharpati सयपत्री बचत तथा ऋण सहकारी संस्थाद्धारा सेयर सदस्यलाई कोरोना बिमा – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • सयपत्री बचत तथा ऋण सहकारी संस्थाद्धारा सेयर सदस्यलाई कोरोना बिमा

सयपत्री बचत तथा ऋण सहकारी संस्थाद्धारा सेयर सदस्यलाई कोरोना बिमा

सयपत्री बचत तथा ऋण सहकारी संस्थाद्धारा सेयर सदस्यलाई कोरोना बिमा

पोखरा, १८ भदौ । सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई १ लाख बराबरको कोरोना बिमा
गराएको छ । सहकारीमा बिहीबार सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता भएको हो ।

सहकारीले आफ्ना सेयर सदस्यको हितमा बिमा गरिएको सहकारीले जनाएको छ । पोखरा ११ रानीपौवा स्थित आफ्नै कार्यालय परिसरमा भएको सम्झौतामा सहकारीका सेयर सदस्यलाई १ लाख रुपैयाँ बराबरको नगद प्राप्त हुने गरी कोरोना बिमा गरिएको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।

सहकारीका सवै सेयर सदस्यलाई कोरोना भाइरसको आतंक हटाउन कोरोना बिमाले फाइदा पुग्ने सहकारीका कार्यवहाक अध्यक्ष भिमप्रसाद न्यौपानेले जानकारी दिए । आर्थिक रुपमा सक्षम सयपत्री सहकारीले सामाजिक उत्तरदायित्वका कार्यले पोखरा क्षेत्रलाई उत्साहित बनाउँदै आएको सहकारीका संस्थापक अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले उल्लेख गरे ।

बिमा हस्तान्तरण कार्यक्रममा कोरोना रोग लागेको सम्वन्धित निकायले पुष्टि गरेको अवस्थामा दावी भुक्तानी दिने छ । सहकारीका कुनै सदस्यलाई कोरोना प्रमाणित भएको अवस्थामा इन्स्योरेन्स कम्पनीले १ लाख नगद भुक्तानी गर्ने सगरमाथा इन्स्योरेन्स पोखरा शाखा प्रवन्धक कविराज पौडेलले बताए ।

सहकारीले १ अर्व १५ करोड निक्षेप, १ अर्व १३ करोड कर्जा लगानी र २४ करोड तरलता रहेको संस्थाका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले जानकारी दिए । १२ करोड ३८ लाख सेयर पुजी रहको सहकारीको ८ करोड २ लाख जगेडा तथा अन्य कोष रहेको सहकारीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार