बिरामी लिएर हिडेकाे एम्बुलेन्स त्रिशूली किनारमा खस्दा पाँच जना घाइते | Samacharpati बिरामी लिएर हिडेकाे एम्बुलेन्स त्रिशूली किनारमा खस्दा पाँच जना घाइते – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • बिरामी लिएर हिडेकाे एम्बुलेन्स त्रिशूली किनारमा खस्दा पाँच जना घाइते

बिरामी लिएर हिडेकाे एम्बुलेन्स त्रिशूली किनारमा खस्दा पाँच जना घाइते

बिरामी लिएर हिडेकाे एम्बुलेन्स त्रिशूली किनारमा खस्दा पाँच जना घाइते

चितवन, १६ भदाै ।  काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स त्रिशूली किनारमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल  एम्बुलेन्स त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

घाइते मध्य एक जनको अबस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार