भरतपुरमा माछा पोखरीमा करेन्ट लागेर दुई जनाको मृत्यु | Samacharpati भरतपुरमा माछा पोखरीमा करेन्ट लागेर दुई जनाको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • भरतपुरमा माछा पोखरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

भरतपुरमा माछा पोखरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

भरतपुरमा माछा पोखरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

भरतपुर, १५ भदाै । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिनुभयो ।

मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार