उपचारमा ढिलाई हुँदा अर्घाखाँचीमा सर्पको टोकाईबाट एककाे मृत्यु – Samacharpati Samacharpatiउपचारमा ढिलाई हुँदा अर्घाखाँचीमा सर्पको टोकाईबाट एककाे मृत्यु – Samacharpati
  • होमपेज
  • उपचारमा ढिलाई हुँदा अर्घाखाँचीमा सर्पको टोकाईबाट एककाे मृत्यु

उपचारमा ढिलाई हुँदा अर्घाखाँचीमा सर्पको टोकाईबाट एककाे मृत्यु

उपचारमा ढिलाई हुँदा अर्घाखाँचीमा सर्पको टोकाईबाट एककाे मृत्यु
भिम बि.सि/अर्घाखाँची, १४ भदाै । उपचारमा ढिलाई हुँदा अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षिय यम बहादुर बेल्बासेको मृत्यु भएको वडा अध्यक्ष कमल पौडेलले जानकारी दिएका छन ।
शनिवार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आईतवार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । बिरामीको अवस्था गम्भिर भएपछी सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो ।
थप उपचारका लागि बुटबल लैजाँदै गर्दा बेल्बासेको बाटोमै मृत्यु भएको हो । एक्लो बस्ती भएका कारण शनिवार कुनै चाँसो नलिएपछी बिस्तारै विषले असर देखाउन सुरु गरेको थियो । विषको असर शरीरमा देखिएपछि मात्र बेल्बासेलाई अस्पताल लैजाने सुर गरिएको थियो ।
पहाडको सर्पले टोकेर खासै बिष नलाग्ने सोंचाई र लकडाउनका कारण सवारी साधनको सरल पहुँच नभएपछी सर्पले टोकेको झन्डै १६ घन्टापछी मात्र उनलाई गोरुसिङ्गे पुर्याईएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका