पोखरा, १२ भदौ । पोखरामा शुक्रबार मध्यनेपाल नगरपालिका वडा नं. ७ रामबजारका एक जनाको मृत्यु भएपछि रामबजारमा त्रास छाएको छ ।
मृतक व्यक्ति २ दिन अघि मात्र पोखरा आएको र त्यस अगाडी बजारमा हिडडुल गरिरहेकाले करापुटारमा कोरोना फैलिएको आशंका गरिएको छ । उनको कुनै हिस्ट्रि नभएको बताइएको छ उनलाई कसरी संक्रमण भयो भन्ने विषयमा खोज्नेकाम भईरहेको मध्यनेपालका प्रवक्ता गगन घिमिरेले बताउनुभयो ।
नगरपालिकाका मेयर रमेश पाण्डेका अनुसार नगरपालिकाको वडा नं. ६ र ७ शिल गरिएको छ । २ वटा वडा पुर्ण रुपमा शिल गरिएको र घरघरमा पुगेर भोलीनै पिसिआर परिक्षण गरिने पाण्डेले बताउनुभयो । अनावश्यक घरबाहिर ननिस्कन उहाँले नगरबासीलाई उहाँले अनुरोध गर्नुभयो ।
करापुटारबाट २ दिन अघि आएका उनि मध्यनेपाल नगरपालिका ७ करापुटार रामबजारका विभिन्न पसलहरुमा पुगेको जानकारी आएको मध्यनेपाल नगरपालिकाका प्रवक्ता घिमिरेले बताउनुभयो । उनि भुतपुर्व भारतिय सेना रहेको र उनलाई प्यारलाइसिस, हाइपरटेन्सन र डाइबेटिज लगायतका समस्या रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
आफु पोखराबाट लमजुङ जाँदै गरेको बताउनुभएका अध्यक्ष घिमिरेले उनको सम्पर्कमा आएकाहरुको तथ्यांक संकलन गरि भोलीनै पिसिआर परिक्षण गरिने बताउनुभयो ।
यो पनि हेर्नुहोस : करापुटारबाट १० गते पोखरा आएका थिए संक्रमित (कहाँ कहाँ पुगेका थिए उनि)