काठमाडौँ, ११ भदाै । नेपालमा आज कोरोनाबाट ८ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट देशभर कुल ज्यान गुमाउनेको संख्या १ सय८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज ज्यान गुमाउनेमा १ गर्भवती सहित ८ जना रहेको बताइएको छ ।
मन्त्रालयलका अनुसार नेपालमा आज १ हजार १११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज ३३४ महिला ७७७ पुरुष गरेर ११११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर ३५ हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालमा आज ५ सय ५९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
त्यस्तै नेपालमा आज ५ सय ५९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । यसअघि हिजोसम्म संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो । त्यस्तै काठमाडौँमा २ सय ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।