नेपाल मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण सुरु | Samacharpati नेपाल मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण सुरु – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • नेपाल मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण सुरु

नेपाल मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण सुरु

नेपाल मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण सुरु

ललितपुर,  ८ भदाै ।  नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालले पनि आवश्यकता महसुस गरेर पीसीआर परीक्षण सुरु गरेको हो । पीसीआर परीक्षणका लागि अस्पताल पग्नुभन्दा पहिले अस्पतालमा नाम दर्ता गराउन अस्पतालले आग्रह गरेको छ ।

नेपाल मेडिसिटीले हरेक दिन आठ सयभन्दा धेरैको स्वाब लिएर रिपोर्ट दिन सक्ने क्षमताको उपकरणसहित परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो । स्वाब सङ्कलन गरिएको २४ घण्टाभित्र नतिजा पाउन सकिने अस्पतालले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार