पाेखरामा पञ्चमी नुहाउन गएकी एक गर्भवती महिलाको खोलाले बगाएर मृत्यु | Samacharpati पाेखरामा पञ्चमी नुहाउन गएकी एक गर्भवती महिलाको खोलाले बगाएर मृत्यु – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • पाेखरामा पञ्चमी नुहाउन गएकी एक गर्भवती महिलाको खोलाले बगाएर मृत्यु

पाेखरामा पञ्चमी नुहाउन गएकी एक गर्भवती महिलाको खोलाले बगाएर मृत्यु

पाेखरामा  पञ्चमी नुहाउन गएकी एक गर्भवती महिलाको खोलाले बगाएर मृत्यु

पोखरा, ७ भदाै । ऋषिपञ्चमीमा नुहाउन गएकी गर्भवती महिलाको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया दीपा भन्ने पार्वती गौतम रहेकी छन् ।

तीज ब्रतको अन्तिम दिन ऋषि पञ्चमीको अवसरमा बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी उनी नजिकै छहराबाट खसेकी थिइन् ।

उनी सँगै उक्त खोलामा २० जना महिलाहरू गएका थिए। दीपाको टोलीमा ५ जना थिए। नुहाउने क्रममा दीपा खोलामा बगेपछि उनका साथीहरू हेरेको हेर्‍यै भएर बचाउन नसकेको बताएका छन् ।

बिहानै खोलाले बगाएको पार्वतीको शव झण्डै ८ सय मिटर तल नदी किनारमा फेला परेको छ । मृतक दीपा करिब ६ महिनाकी गर्भवती रहेको बताइएको छ । उनकी साढे २ वर्षका छोरी रहेकी छन्।

आजको ट्रेन्डिङ समाचार