लमजुङमा बालकमाथि आक्रमण गर्न खाेजेकाे चितुवा मारियाे • Nepal's Trusted Digital Newspaperलमजुङमा बालकमाथि आक्रमण गर्न खाेजेकाे चितुवा मारियाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लमजुङमा बालकमाथि आक्रमण गर्न खाेजेकाे चितुवा मारियाे

लमजुङमा बालकमाथि आक्रमण गर्न खाेजेकाे चितुवा मारियाे

  • आइतवार, भदौ ७, २०७७
लमजुङमा बालकमाथि आक्रमण गर्न खाेजेकाे चितुवा मारियाे

लमजुङ, ७ भदौ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ । मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भन्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका