नेपालमा कोरोना संक्रमण हुनेकाे संख्या ३० हजार ४ सय ८३ पुग्याे | Samacharpati नेपालमा कोरोना संक्रमण हुनेकाे संख्या ३० हजार ४ सय ८३ पुग्याे – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • नेपालमा कोरोना संक्रमण हुनेकाे संख्या ३० हजार ४ सय ८३ पुग्याे

नेपालमा कोरोना संक्रमण हुनेकाे संख्या ३० हजार ४ सय ८३ पुग्याे

नेपालमा कोरोना संक्रमण हुनेकाे संख्या ३० हजार ४ सय ८३ पुग्याे

काठमाडौं, ५ भदाै । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९२ महिला तथा ५४६ जना पुरुष गरेर ८ सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुने मानिसहरुको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५० जनाले कोरोनालाई जितेर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १८ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आजको लाइभ पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १३५७९ जनाको पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार