मध्यनेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द – Samacharpati Samacharpatiमध्यनेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द – Samacharpati
  • होमपेज
  • मध्यनेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

मध्यनेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न नगरबासीलाई अनुरोध

मध्यनेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

प्रल्हाद चन्द्र घिमिरे, भोर्लेटार, १ भदौ । कोरोना भाइरसको संक्रमण फैलने खतरा बढेपछि त्यसलाई नियन्त्रण गर्न र रोकथाम गर्न लमजुङको मध्यनेपाल नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । साउन ३२ गते एक सुचना प्रकाशित गरेर नगरपालिकाले भदौ १ गते देखि अर्को सुचना जारी नहुदासम्मको लागि लागु हुने गरी अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

अब मध्यनेपाल नगरपालिकामा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, खाद्यान्न र प्रशासनबाट पास लिएका बाहेक अन्य सवारी संचालन हुन पाउने छैनन् भने । औषधि पसल र खाद्यान्न बाहेक अन्य उद्योग, व्यवसाय बैंक, मेला र जात्रा बन्द गरिएको छ ।

नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेका अनुसार अति आवश्यक खाद्यान्न र तरकारी पसलहरु बिहान ६ बजे देखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म भौतिक दुरी कायम गरी खोल्न पाईने छ ।

पाण्डेले कोरोना नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने बताउदै, स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न नगरबासीलाई अनुरोध गर्नुभयो । हउाँले कुनै समस्या परे नगरपालिकामा खबर गर्न पनि अनुरोध गर्नुभएको छ । घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्क लगाई कोभिड – १९ रोकथाममा सहयोग गरिदिनु पनि पाण्डेले अनुरोध गर्नुभएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका