आज देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना – Samacharpati Samacharpatiआज देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना – Samacharpati
  • होमपेज
  • आज देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

आज देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

आज देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, १ भदाै  । आज देशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ ।

अहिले ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक÷दुई स्थानहरुमा वर्षा भइरहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा राति पनि देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक  दुई स्थानहरु र गण्डकी प्रदेश, प्रदेश नं ५ मा आज भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका