”तारेभिरमा बुकी”को साथमा आए धिरेन र मेलिना (भिडियो) | Samacharpati ”तारेभिरमा बुकी”को साथमा आए धिरेन र मेलिना (भिडियो) – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • ”तारेभिरमा बुकी”को साथमा आए धिरेन र मेलिना (भिडियो)

”तारेभिरमा बुकी”को साथमा आए धिरेन र मेलिना (भिडियो)

”तारेभिरमा बुकी”को साथमा आए धिरेन र मेलिना (भिडियो)

काठमान्डाैँ, ३० साउन । नव गायक गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो ”तारेभिरमा बुकी” सार्वजनिक गरेका छन्। रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ।

गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह-निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।

गायक रोकायाको पहिलो प्रयास स्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्। आगामी दिनमा निरन्तर राम्रा गीत संगीत सार्वजनिक गर्दै जाने गायक रोकायाले बताएका छन्।

आजको ट्रेन्डिङ समाचार