विराटनगर र सिराहामा थप २ जनाको कोरोनाबाट मृत्यु | Samacharpati विराटनगर र सिराहामा थप २ जनाको कोरोनाबाट मृत्यु – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • विराटनगर र सिराहामा थप २ जनाको कोरोनाबाट मृत्यु

विराटनगर र सिराहामा थप २ जनाको कोरोनाबाट मृत्यु

विराटनगर र सिराहामा  थप २ जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ, ३० साउन । नेपालमा आज थप २ जनाको कोरोनाबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङस्थित विराटनगरका ३० र सिराहको विष्णुपुर–१ का ४० वर्षीय पुरुष रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा उपचाररत विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय एक युवकको आज उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

उनी हिजो बिहान अस्पताल भर्ना भएका थिए । त्यस्तै कोशी अस्पतालमा सिराहको विष्णुपुर–१ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता