सप्तरीमा एक जना कोरोना संक्रमित बृद्वको मृत्यु | Samacharpati सप्तरीमा एक जना कोरोना संक्रमित बृद्वको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • सप्तरीमा एक जना कोरोना संक्रमित बृद्वको मृत्यु

सप्तरीमा एक जना कोरोना संक्रमित बृद्वको मृत्यु

सप्तरीमा एक जना कोरोना संक्रमित बृद्वको मृत्यु

सप्तरी, २८ साउन । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज बस्दै आएका ८० वर्षीय बृद्व रहेका छन् । यो सँगै सप्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिए पछि रिपोर्ट पोजेटिभ आएको थियो । पछि आइसोलेसनमा लनका लागी एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको बताइएको छ ।

उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् ।

आजको ट्रेन्डिङ समाचार