बाजुरामा बाढीले घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता | Samacharpati बाजुरामा बाढीले घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • बाजुरामा बाढीले घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता

बाजुरामा बाढीले घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता

बाजुरामा बाढीले घरसँगै बेलिब्रिज बगायो, एक जना बेपत्ता

२६ साउन धनगढी —  बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ । बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ ।

सोही स्थानकी ६५ वर्षीया आइसेनी महत बेपत्ता भएकी हुन् । उनी वडाध्यक्ष डम्मर महतकी आमा हुन् ।

नदी बस्तीमा पसेर घर बगाएको बडिमालिकाका नगरप्रमुख पदमबहादुर बडुवालले बताए । नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ ।

अन्य ठाउँका झोलुंगे पुलसमेत बगेको स्थानीयले बताएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार