नेपालगन्ज, २३ साउन । बाँकेमा शुक्रबार थप ५१ जनामा कोरोना देखिएको छ । संक्रमितमध्ये ४९ जना बाँकेका, बर्दिया र रुकुमका एक एक जना रहेका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा आज थप ५१ जनामा कोरोना देखिएको हो । ‘कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै आजै निषेधाज्ञा उल्लंघन गर्ने १७३ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरुसँग प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना स्वरुप ३१ हजार तीन सय रुपैयाँ संकलन गरिएको बताइएको छ ।