युवा संघ परीत्याग गरी स्याङ्जाका १४ जना कांग्रेसमा प्रवेश | Samacharpati युवा संघ परीत्याग गरी स्याङ्जाका १४ जना कांग्रेसमा प्रवेश – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • युवा संघ परीत्याग गरी स्याङ्जाका १४ जना कांग्रेसमा प्रवेश

युवा संघ परीत्याग गरी स्याङ्जाका १४ जना कांग्रेसमा प्रवेश

युवा संघ परीत्याग गरी स्याङ्जाका १४ जना कांग्रेसमा प्रवेश

स्याङ्जा, २० साउन । युवा संघका जिल्ला सदस्यसहित स्याङ्जामा १४ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपा परीत्याग गरी राष्ट्रिय युवा संघ स्याङ्जा जिल्ला सदस्य बिक्रम पोखरेलसहितका युवा बुधवार कांग्रेसमा प्रवेश गरेका हुन् ।

पुतलीबजार नगरपालिका वडा नंम्बर ४ निवासी पोखरेलसहित घनस्याम गौतम, शिव थापा लगायतका युवालाई संविधान सभा सदस्य राजु थापा , नेपाली कांग्रेस स्याङ्जाका शभापति कुमार राना लगायतका कांग्रेसका नेताले एक कार्यक्रमका बिच पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै संविधान शभा सदस्य थापाले हरेक नेपालीहरु अब राजनैतिक रुपमा सचेत रहनु जरुरी भएको उल्लेख गर्दै नेपाली कांग्रेसको नेतृत्वबिना मुलुकको बिकास असम्भव रहेको दावी गरेका थिए ।

उनले नेकपा नेतृत्वको वर्तमा सरकारको कार्यशैलीबाट आम नेपाली निराश हुनपरेको टीप्पणी गरेका नेता थापाले कम्युनिष्ट पार्टीको असली रुपका कारण नेपाल सम्बृद्ध हुन नसक्ने ठोकुवा पनि गरे ।कोरोना नियन्त्रणका लागि सरकार गम्भीर हुन नसकेको दावी गर्दै उनले सरकारका मन्त्री र स्वंयम प्रधानमन्त्री समेत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

कार्यक्रममा पार्टीमा प्रवेश गरेका बिक्रम पोखरेल सहितका युवाहरुले कम्युनिष्ट नेताहरु मुखले जनताको हितकारी पार्टीका रुपमा नेकपालाई चिनाउन खोजेपनि यर्थार्थमा त्यो भ्रम भएको बताएका थिए ।

मुलुकको बिकास र आम नेपालीबिच समान न्याय दिलाउने पार्टी कांग्रेस नै भएको ठहर गर्दै आफुहरु नेकपा छाडेर कांग्रेस प्रवेश बताएको नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजका महासचिव ध्रुुर्बबन्धु पोखरेलले जानकारी दिएका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता