कास्की काँग्रेसद्वारा क्रियाशील सदस्य तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त | Samacharpati कास्की काँग्रेसद्वारा क्रियाशील सदस्य तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • कास्की काँग्रेसद्वारा क्रियाशील सदस्य तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त

कास्की काँग्रेसद्वारा क्रियाशील सदस्य तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त

कास्की काँग्रेसद्वारा क्रियाशील सदस्य तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त

पोखरा, १८ साउन । नेपाली काँग्रेस कास्कीले पोखरा २४ निवासी पार्टीका क्रियाशील सदस्य तोयनाथ पाध्या तिमिल्सिनाको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

विगत ५ वर्षदेखि नशा सम्वन्धी रोगबाट प्रभावित ७७ वर्षिय तिमिल्सिनाको साउन १५ गते निधन भएको हो । उनी साविक कास्कीकोट गाविस वडा नं ९ का पूर्व अध्यक्ष हुन् ।

स्थानीय विकास, शिक्षा र वन क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको थियो । उनका १ श्रीमती, २ छोरा र २ छोरी छन् ।

छोरा विष्णुप्रसाद तिमिल्सिना, चन्द्रकान्त तिमिल्सिना र छोरी लक्ष्मीदेवी अधिकारी, नन्दश्री पौडेल हुन् । छोरा विष्णु जनजागृति मावि पोखरा १८ को पूर्व प्रधानाध्यापक र चन्द्रकान्त पोखरा महानगरपालिकाका अधिकृत हुन् ।

आजको ट्रेन्डिङ समाचार