८ वर्षिय प्रेन्शा रेग्मी : बाआमाले दिएको दक्षिणाबाट सुरु गरिन् निशुल्क मास्क वितरण • Nepal's Trusted Digital Newspaper८ वर्षिय प्रेन्शा रेग्मी : बाआमाले दिएको दक्षिणाबाट सुरु गरिन् निशुल्क मास्क वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ८ वर्षिय प्रेन्शा रेग्मी : बाआमाले दिएको दक्षिणाबाट सुरु गरिन् निशुल्क मास्क वितरण

८ वर्षिय प्रेन्शा रेग्मी : बाआमाले दिएको दक्षिणाबाट सुरु गरिन् निशुल्क मास्क वितरण

देशको स्थिति यस्तै रह्यो भने नायक फिल्ममा झै देश सुधार्नेछु

  • बिहिबार, साउन १५, २०७७
८ वर्षिय प्रेन्शा रेग्मी : बाआमाले दिएको दक्षिणाबाट सुरु गरिन् निशुल्क मास्क वितरण

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १५ साउन । यीनको नाम प्रेन्सा रेग्मी हो । पोखराको शिसु निकेतन इङलिस बोर्डीङ स्कुलमा कक्षा ३ मा पढ्ने ८ वर्षकी प्रेन्साको दैनिकि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले आह्वान गरेको लकडाउन पछि निकै फेरीएको छ । उनी अहिले पोखराका विभिन्न स्थानमा पुग्छीन् र निशुल्क मास्क वितरणको काम गर्छिन् ।

Prensa Regmi Kitउनले यो काम आफ्ना बुबा आमाले टिका लगाएर दिएको दक्षिणाबाट सुरु गरेकी हुन् । उनले मास्क नलगाई बाटामा हिड्नेहरुलाई मास्क लगाएर हिड्न अनुरोध गर्छिन् । पैसा हुनेहरुले पैसा तिरेर मास्क लिन्छन् त नहुनेहरुलाई प्रेन्सा आफैले मास्क वितरण गर्ने गर्छिन् । उनलाई सहयोग गर्न निकै मन पर्छ ।

Prensa Regmi 1उनको काम र उत्साह देखेर धेरै प्रभावित भएका छन् । उनलाई यो बीचमा धेरैले आर्थिक सहयोग गर्छु भने उनले त्यो कुरालाई अस्किार गर्दै आएकी छन् । प्रेन्सा भन्छिन् – “आफुले सक्ने काम आफैले गर्ने हो । मैले अरुबाट सहयोग लिएर फेरी कसैलाई सहयोग गर्न चाहान्न । थोरै नै भएपनि आफुले नै कमाएर सहयोग गर्न चाहान्छु ।” उनले मास्क सेनिटाइजर र ग्लब्स किनेर लैजानेहरुबाट आएको मुनाफाबाट आफ्नो पसलको ४ वटा टाँसीमा प्रेन्साको स्टल बनाएकी छन् जहाँ राखिएका सामाग्रीहरु बाबा आमा नहुनेहरु र अति नै विपन्न बालबालीकाहरुलाई कापि र कलम निशुल्क रुपमा उनले सहयोग गर्नेछीन् ।

Prensa Regmi 6प्रेन्साको बोलीमा निकै जादु छ । उनको जादुमय स्वरले मानिसहरुलाई मास्क लगाउन अनुरोध गर्छिन् र सुझावहरु दिन्छिन् । पछिल्लो समय उनले समाजका विषयवस्तुहरुमा आफ्ना धारणा सामाजिक सञ्जाल मार्फत प्रस्ततु गर्दै आएकी छन् । उनको दमदार बोलीले सरकारलाई ध्यानाकर्षण गराएका कयौँ भिडियोहरु नेपालका प्रतिष्ठीत व्यक्तिहरुले सेयर पनि गरेका छन् ।

Prensa Regmi 5उनको यो उत्साहलाई थप अगाडी बढाउन उनका बुबा रामकृष्ण रेग्मी र आमा जयन्ती रेग्मीले ठुलो भुमिका खेलीरहेका छन् । बुबा रामकृष्ण भन्नुहुन्छछ,“लकडाउनको बेला परिवारलाई समय दिन पाइयो, र पो बल्ल छोरीसंग बोल्न सक्ने क्षमता रहेछ, सामाजिक काम गर्नुपर्छ भन्ने क्षमता रहेछ, भन्ने बुझियो ।” रामकृष्ण अगाडी भन्नुहुन्छ, “छोरीले खेलेर मोबाइल हेरेर बसेको भएपछि यो बेला खासै वास्ता हुन्थेन । नभएकाहरुलाई मास्क वितरण गरौँ बाबा भनेपछि हामीले सहयोग गरेको हो । समाजका विषयमा बोल्न सुरु गरेपछि यो कुरा अरुलाई पनि बुझाउनु पर्छ भनेर सामाजिक सञ्जालमा राख्न थालेका हौँ ।”

Prensa Regmi 2प्रेन्साको आफ्नै युट्युब च्यानल पनि छ त्यो च्यानलमा भिडियो राख्न प्रेन्साका दाइ प्रोग्रेसले निकै मिहेनत गर्छन् । प्रेन्सा देशको स्थिति ठिक भयो भने बैज्ञानिक बन्ने सोचमा छन् । उनि भन्छीन्, “देशको स्थिति राम्रो भयो भने म साइन्टिस्ट बन्छु। यस्तै भईरह्यो भने नायक फिल्मको हिरो झैँ बनेर देशको स्थिति सुधार गर्छु ।” उनको भनाई छ जंगलमा लागेको आगा निभाउन फिस्टोले जुन इच्छा देखायो, हिन्दि फिल्मको नायकमा जुन परिवर्तन भएको छ । इच्छाशक्ति हुने हो भने असम्भव भन्ने कुरा केहि छैन प्रेन्साका यस्ता कुराहरु सुन्दै गर्दा अझै सुनिरहुँ जस्तो लाग्छ ।

आज हामी तपाईलाई उनै प्रेन्शाको बारेमा जानकारी दिदै छौँ । उनै प्रेन्शासंग हामीले कुराकानी गरेका छौँ । हेर्नुहोस यो कुराकानी ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका