सरिता गिरीको स्थानमा सांसद बन्न लागेकी लीला सिटौलाले आज सपथ लिने | Samacharpati सरिता गिरीको स्थानमा सांसद बन्न लागेकी लीला सिटौलाले आज सपथ लिने – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • सरिता गिरीको स्थानमा सांसद बन्न लागेकी लीला सिटौलाले आज सपथ लिने

सरिता गिरीको स्थानमा सांसद बन्न लागेकी लीला सिटौलाले आज सपथ लिने

सरिता गिरीको स्थानमा सांसद बन्न लागेकी लीला सिटौलाले आज सपथ लिने

काठमाडौँ, १४ साउन । सरिता गिरीको स्थानमा समाजवादी पार्टीबाट सांसद बन्न लागेकी लीला सिटौलाले आज सांसद पदको सपथ लिने कार्यक्रम रहेको छ ।

दिउसो १ बजे संघीय संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिइ  पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको साधारण सदस्य र सांसद पदबाटसमेत निस्कासित सरिता गिरीको ठाउँमा लीला सिटौला नियुक्त भएकी थिइन्।

आजको ट्रेन्डिङ समाचार