गण्डकी प्रदेशका मन्त्रीहरुको कामबाट मुख्यमन्त्री नै असन्तुष्ट • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशका मन्त्रीहरुको कामबाट मुख्यमन्त्री नै असन्तुष्ट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशका मन्त्रीहरुको कामबाट मुख्यमन्त्री नै असन्तुष्ट

गण्डकी प्रदेशका मन्त्रीहरुको कामबाट मुख्यमन्त्री नै असन्तुष्ट

  • बुधबार, साउन १४, २०७७
गण्डकी प्रदेशका मन्त्रीहरुको कामबाट मुख्यमन्त्री नै असन्तुष्ट

पोखरा, १४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशका मन्त्रीहरुको कामबाट सन्तुष्ट नरहेको खुलासा भएको छ । मुख्यमन्त्री गुरुङले मन्त्रीहरुको कामबाट आफु पुर्ण सन्तुष्ट हुन नसकेको बताउनुभएको हो ।

उहाँले मन्त्रीहरुको काम आफुले चाहेजस्तो नभएपनि कुनैपनि स्क्याण्डलमा नफस्नु र मुद्धा नै लाग्ने तरिकाले आरोपित गर्ने खालको नभएकोमा सन्तुष्टि जनाउनुभयो ।

संघीय प्रणालीमा एउटामात्र तहको सरकारको कामले सबै कुरा परिवर्तन नहुने भन्दै उहाँले प्रदेश सरकारको कार्यसम्पादन त्यसकारण पनि घटिबढी हुन सक्ने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले मन्त्रीहरुको कामबाट असन्तुष्ट भएको बताएपनि कुन मन्त्री र मन्त्रालयको काम चित्त नबुझेको हो भन्ने विषयमा केहि खुलाउनुभएको छैन ।

यसै बिच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय थप्ने सोच बनाउनुभएको छ । प्रदेशमा ३ मन्त्रालय थप्ने योजना रहेको गुरुङले बताउनुभयो । गण्डकी प्रदेशमा अहिले ७ मन्त्रालय छन् । बैधानिक रुपमा गण्डकी प्रदेशले १२ वटासम्म मन्त्रालय बनाउन सक्छ ।

एउटै मन्त्रालयले धेरैतिर हेर्नुपर्दा काम प्रभावकारी नभएको र पुजिगत खर्च पनि सोचेअनुसार हुन सकेको छैन । ३ वटा मन्त्रालय फुटाउने कुराको जानकारी गराउन मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठ्माण्डौमा हुनुहुन्छ ।

गुरुङले प्रधानमन्त्रीसंग १० वटा मन्त्रालय बनाउने प्रस्ताव राख्ने जानकारी दिनुभयो । भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फोर्ने निश्कर्षमा आफु पुगेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

१२ वटासम्म मन्त्रालय बनाउने अधिकार आफ्नै भएपनि जेन्टलमेन निर्देशन र सहमतिको लागि आफुले प्रधानमन्त्रीलाई सोध्न लागेको मुख्यमन्त्री गुरुङले जानकारी दिएको समाचार आजको समाधान दैनिकमा भरत कोइरालाले लेख्नुभएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका