छत्रदेव गाउँपालिको वडा न ७ मा काङ्ग्रेस वडा कमिटीले लगायो ताला • Nepal's Trusted Digital Newspaperछत्रदेव गाउँपालिको वडा न ७ मा काङ्ग्रेस वडा कमिटीले लगायो ताला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • छत्रदेव गाउँपालिको वडा न ७ मा काङ्ग्रेस वडा कमिटीले लगायो ताला

छत्रदेव गाउँपालिको वडा न ७ मा काङ्ग्रेस वडा कमिटीले लगायो ताला

  • आइतवार, साउन ११, २०७७
छत्रदेव गाउँपालिको वडा न ७ मा काङ्ग्रेस वडा कमिटीले लगायो ताला

अर्घाखाँची, ११ साउन । छत्रदेव गाउँपालिको वडा न ७ मा काङ्ग्रेस वडा कमिटीले ताला लगाएकाे छ । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाको वडा न ७ को कार्यलयले कोभिड -१९ किसान राहत कार्यक्रम अन्तर्गत को रकम आफुखुसि बाडेको भन्दै नेपालि काङ्ग्रेस वडा कमिटीले आईतवार बिरोध को कालो झन्डा देखाउदै तालाबन्दी गरेको छ।

115884223 594387997937805 1689145895967138129 n scaled

गाउँपालिकाबाट वडा न ७ लाई रू ६ लाख साठी हजार रुपैया विनोयजन भएको र खेति किसानि गर्ने कृषक जो वैदेशिक रोजगारि बाट घर फर्केका र पुन वैदेशिक रोजगारिमा जान नपाएका, परिवारमा कुनै सदस्य बैदेशिक रोजगारिमा नगएका र सरकारी जागिर नखाएका जो कोरोनाको चपेटामा परि आर्थिक स्रोत कमजाेर भएको शिर्षकमा छुट्टिएको थियो।

सोहि रकम जो पिडित छ,उसलाई वितरण नगरि आएस्रोत भएकालाई र सरकारि कर्मचारी सङ्गठनका व्यति लगाएतलाई दुई तिहाइ को दम्म देखाउदै वितरण गरेको जो पिडित छ उनिहरुले नै सो रकम पाउनु पर्ने माग सहित नेपाली काङ्ग्रेस छत्रदेव वडा कमिटीले कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।

वडा नं.७ मा नेपालि काङ्ग्रेस का तिन जना जनप्रतिनिधि नेकपा का एक र नेकपा कै वडा अध्यक्ष गरि ५ जना रहेका छन नेपालि काङ्ग्रेस का तिन जना जनप्रतिनिधि संग कुनै सल्ला नगरि बिना माईनेटिङ्ग आफु खुसि राहात बाडियको थियो आफनो माग पूरा नभय सम्म अनिश्चितकालीन तालाबन्दी गर्ने नेपाली काङ्ग्रेस छत्रदेव ७ पाटि सभापती शोभाखर न्यौपानेले जनाउनु भएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका