२०२१ अघि काेराेनाकाे भ्याक्सिन बन्ने कुनै आशा छैन: डब्ल्यूएचओ • Nepal's Trusted Digital Newspaper२०२१ अघि काेराेनाकाे भ्याक्सिन बन्ने कुनै आशा छैन: डब्ल्यूएचओ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २०२१ अघि काेराेनाकाे भ्याक्सिन बन्ने कुनै आशा छैन: डब्ल्यूएचओ

२०२१ अघि काेराेनाकाे भ्याक्सिन बन्ने कुनै आशा छैन: डब्ल्यूएचओ

  • बिहिबार, साउन ८, २०७७
२०२१ अघि काेराेनाकाे भ्याक्सिन बन्ने कुनै आशा छैन: डब्ल्यूएचओ

काठमाडौं, ८ साउन ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएको छ । विश्व कोरोनाले महामारी बनिरहेका बेला डब्ल्यूएचओको यस्तो भनाइले झनै निराश बनाएको छ ।

डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन न् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएकोले सुरक्षा मानकमा कुनै कमी हुन नहुने र यदि भएमा अझै महामारी बढ्ने बताएका छन् ।

यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको सुरुवाती अघि आशा गर्न नसकिने रेयानले बताए । संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन्. भने ६ लाख २३ हजार ५ सय ७६ले ज्यान गुमाएका छन् । त्यस्तै ९१ लाख ९९ हजार ६ सय ३२ जना निको भएर घर फर्केका छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका