सवारी लाइसेन्स अझै २ महिना नखुल्ने • Nepal's Trusted Digital Newspaperसवारी लाइसेन्स अझै २ महिना नखुल्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सवारी लाइसेन्स अझै २ महिना नखुल्ने

सवारी लाइसेन्स अझै २ महिना नखुल्ने

  • बुधबार, साउन ७, २०७७
सवारी लाइसेन्स अझै २ महिना नखुल्ने
फाइल फोटो

पोखरा, ७ साउन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण स्थगित भएको सवारी लाइसेन्स फारम अझै २ महिना नखुल्ने जनाइएको छ ।

यसअघि सरकारी कार्यालय असार १ गतेबाट खोल्ने निणर्य सरकारले गरेको भएपनि विभागको नियन्त्रणमा रहेको सफ्ट्वेयर र त्यसमा अध्यावधिक गर्नुपर्ने विवरणका कारण लाइसेन्सको फारम र दस्तुर लिइएको थिएन । यातायता व्यवस्था कार्यालय लाइसेन्स शाखाले लकडाउन अघि दस्तुर तिरिसकेका लाइसेन्स वितरण र लाइसेन्सको प्रतिलिपि दिने काम मात्र गरिरहेको छ ।

यातायात व्यवस्था विभागले कोरोना संक्रमणकै कारण परिस्थिति अझ सजह हुन नसकेको भनदै नयाँ सवारी लाइसेन्स फारम २ महिनापछि खुल्ने जनाएको हो । विभागले २ महिना नयाँ सवारी लाइसेन्सको फारम नभर्न र अनलाइनबाट पनि फारम नभर्न भनेको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा पोखराका सुचना अधिकारी प्रेमप्रसाद श्रेष्ठले बताउनुभयो ।

असार १ गतेबाट कार्यालय खुलेपनि सेवाग्राहीको चाप कम रहेको छ । कार्यालयमा सेवा लिनेको संख्या पहिलेको तुलनामा एक तिहाइमात्र रहेको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका