उच्च अदालत पोखराले १ वर्षमा ७ सय ७३ मुद्धा किनारा लगायो | Samacharpati उच्च अदालत पोखराले १ वर्षमा ७ सय ७३ मुद्धा किनारा लगायो – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • उच्च अदालत पोखराले १ वर्षमा ७ सय ७३ मुद्धा किनारा लगायो

उच्च अदालत पोखराले १ वर्षमा ७ सय ७३ मुद्धा किनारा लगायो

उच्च अदालत पोखराले १ वर्षमा ७ सय ७३ मुद्धा किनारा लगायो

पोखरा, ७ साउन । उच्च अदालत पोखराले १ वर्षको अवधिमा ७ सय ७३ मुद्धा किनारा लगाएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरि १ हजार ६ सय ७० मध्ये अब ८ सय ९७ बाँकी रहेको उच्च अदालत पोखराका कामु कामु मुख्य न्यायधिश किशोर सिलवालले बताउनुभयो ।

उहाँका अनुसार अदालतले गत आवमा सबैभन्दा बढी सरकारवादी फौजदारी मुद्धाको फैसाला गरेको छ । यस्ता मुद्धा ४ सय ६८ रहेका छन् । त्यस्तै दुनियावादी फैजदारी ५८ र दुनियावादी देवानी १ सय ७५ मुद्धा किनारा लागेको उहाँको भनाई छ ।

वर्षभरीमा १ हजार ३ सय ५४ मुद्धा किनारा लगाउने अदालतले लक्ष्य राखेकोमा लकडाउनका कारण लक्ष्य अनुसार काम गर्न नसकिएको उपरजिस्टार विश्वनाथ अर्यालको भनाई छ ।

लकडाउनयता २ सय ९९ मुद्धा
यसैबीच उच्च अदालत पोखरामा लकडाउनयता २ सय ९९ मुद्धा परेको छ । ति मुद्धा मध्ये १ सय ८८ मुद्धा फर्छ्यौट भएको सिलवालले बताउनुभयो । शिलवालका अनुसार सरकारवादी फौजदारी १ सय ३३, बैंकिङ कसुरका ३८, बन्दीप्रत्यक्षीकरणका ६, बेरितको निवेदन ७३ र कैफियत प्रतिवेदन ४९ वटा परेका छन् ।

असार १२ गतेपछि अदालतले १३ प्रकारका मुद्धाका प्रकृया अगाडी बढाउने निर्णय भएपछि कामको चाप बिस्तारै बढ्दै गएको सिलवालले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार