पत्रकार हेमराज अधिकारी जब पुर्खे बा र तिवारी आमाको घरमा पुगे (हेर्नुहोस् भिडियो) • Nepal's Trusted Digital Newspaperपत्रकार हेमराज अधिकारी जब पुर्खे बा र तिवारी आमाको घरमा पुगे (हेर्नुहोस् भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पत्रकार हेमराज अधिकारी जब पुर्खे बा र तिवारी आमाको घरमा पुगे (हेर्नुहोस् भिडियो)

पत्रकार हेमराज अधिकारी जब पुर्खे बा र तिवारी आमाको घरमा पुगे (हेर्नुहोस् भिडियो)

  • मङ्लबार, साउन ६, २०७७
पत्रकार हेमराज अधिकारी जब पुर्खे बा र तिवारी आमाको घरमा पुगे (हेर्नुहोस् भिडियो)

चर्चित कार्यक्रम फेवा चौतारीका प्रस्तोता हेमराज अधिकारी सयौँ दिनदु:खीहरुको दैलोमा पुगेर परोपकारी पत्रकारीता गर्दै आँफुलाई हजरौँको भिडमा स्थापित गराइसकेका छन । संचारको पाटो एकातिर छँदै छ, उनी पछिल्लो समयमा संगीत क्षेत्रमा समेत लागेका छन ।

गाउँबस्तीमा गरीब र दु:खीको पिर ब्यथामा थोरै भएपनी मलम पट्टी लगाउँदै हिंड्ने हेमराज अधिकारी जब पुर्खे बा र तिवारी आमाको घरमा पुगे अनी पिर मर्का सुन्ने क्रममा यस्तो गीतको सृजना भयो ।

प्रस्तुत कथा समेटिएको गीत ‘पानी मरुवा २’ युट्युबमा सार्वजनिक भएसंगै चर्चा पनि उत्तिकै बटुलेको छ । गीतमा पुरुशोत्तम भण्डारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, निश्चल सुनारको आवाज सुन्न सकिन्छ ।

मौलिक तीज लयमा गाइएको गीतको शब्द सृजना पुरुशोत्तम भण्डारी ‘पुर्खे बा’ले गरेका हुन भने गीतको संगीत संयोजन कृष्ण बिक ‘भन्जा’ले गरेका हुन ।

पुरुशोत्तम भण्डारी ‘पुर्खे बा’ र पुरुशोत्तम गैरेले निर्देशन गरेको गीतमा पुरुशोत्तम भण्डारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, हेमराज अधिकारी, महेश बस्याल, सम्पन्न श्रेष्ठलगाएतको अभिनय देख्न सकिन्छ ।

गणेश सापकोटाले छायांकन गरेको गीतको सम्पादन समिर रामदामले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका