गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित | Samacharpati गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित – Samacharpati
Samacharpati
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित

गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित

गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित

काठमान्डौँ, ६ साउन । गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला लोकदोहोरी गायिका पार्वती बुढाथोकीले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् ।

“पाखो बारी अर्मले” नाममा बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । संजय श्रीपालको शब्द तथा लय सिर्जना मा तयार परिएको गीतमा नारीको बास्तविक भोगाइहरु समेटिएको छ ।

तिज गीत संगीतमा मौलिकता हराइरहेको अवस्थामा “पाखो बारी अर्मले” गीतमा नेपाली समाजको बास्तविक चित्रण गरिएको छ । विरेन्द्र भटटको छायाँकन ।

अनिल रानाको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सलिना नेपाली र साथीहरुको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

आजको ट्रेन्डिङ समाचार