कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक | Samacharpati कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं, १ साउन । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुने समाचारमा जनाइएको छ ।

प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन । बायत रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल भने लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

जहा ८० हजार दर्शक क्षमता रहेको छ । प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुने भए अनुसार कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन ।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार