उदयपुरमा १५ जनाले जिते काेराेना – Samacharpati Samacharpatiउदयपुरमा १५ जनाले जिते काेराेना – Samacharpati
  • होमपेज
  • उदयपुरमा १५ जनाले जिते काेराेना

उदयपुरमा १५ जनाले जिते काेराेना

उदयपुरमा १५ जनाले जिते काेराेना

उदयपुर, ३१ असार ।  उदयपुरमा १५ जनाले कोरोना जितेर घर फर्केका छन् । उदयपुर कोभिड–१९ अस्पताल बेलटारबाट १५ जनाले कोरोना भाइरस जितेर घर फर्किएका हुन् जसमा ७ महिला र ८ पुरुष रहेका छन ।

कोरोना जित्नेमा त्रियुगा नगरपालिका का ४०, ३५ , २६ , ३० र २३ बर्षिय पुरुष ५०, ३७, ३०, ३० वषीया महिला कटारी नगरपालिका का १९ र २१ बर्षिय पुरुष , १० र १२ वर्षीया किशोरी रहेका छन् ।

उनीहरु सबै जना १६ दिनको उपचार पछि घर फर्किएका हुन् । त्यस अस्पतालमा अब आठ जना उपचाररत रहेको र सबैको अवस्था सामान्य रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका