विश्व स्वास्थ्य संगठनका विज्ञहरु कोरोनाको स्रोत खोज्न चीनमा • Nepal's Trusted Digital Newspaperविश्व स्वास्थ्य संगठनका विज्ञहरु कोरोनाको स्रोत खोज्न चीनमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्व स्वास्थ्य संगठनका विज्ञहरु कोरोनाको स्रोत खोज्न चीनमा

विश्व स्वास्थ्य संगठनका विज्ञहरु कोरोनाको स्रोत खोज्न चीनमा

  • मङ्लबार, असार ३०, २०७७
विश्व स्वास्थ्य संगठनका विज्ञहरु कोरोनाको स्रोत खोज्न  चीनमा

काठमाडौं, ३० असार । कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठनका विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निले सोमबार पुष्टि गरेका छन् ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिए ।

‘उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,’ प्रवक्ता हुआले भने, ‘कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरुमा धेरै चरण पुरा गर्नु परेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरुका बारेमा पहिचान गर्न उनीहरु आएका हुन ।’

धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरु आवश्यकता अनुसार अन्य देशहरुमा पनि जानसक्ने उनले पत्रकारहरुलाई जानकारी दिए।

कोरोनाभाइरस पहिलो पटक गत बर्ष सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशहरुमा कोभिड–१९ को महामारी फैलिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका