तनहुँमा पहिरोमा परि १ जनाको मृत्यु, १ घाइते, ५ जना बेपत्ता | Samacharpati तनहुँमा पहिरोमा परि १ जनाको मृत्यु, १ घाइते, ५ जना बेपत्ता – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • तनहुँमा पहिरोमा परि १ जनाको मृत्यु, १ घाइते, ५ जना बेपत्ता

तनहुँमा पहिरोमा परि १ जनाको मृत्यु, १ घाइते, ५ जना बेपत्ता

तनहुँमा पहिरोमा परि १ जनाको मृत्यु, १ घाइते, ५ जना बेपत्ता
फाइल फोटो ।

तनहुँ, २९ असार । तनहुँको म्याग्दे गाउँपालिका ६ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्काएपछि घरको भित्ताले पुरिएर १७ वर्षकी लक्ष्मी बिकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पहिरोले भत्काएको घरको भित्ताले पुर्दा घाइते भएकी लक्ष्मीलाई स्थानियले उद्धार गरि दमौलीको रत्नहरी अस्पताल पुर्याएका थिए । घाइते उनलाई डाक्टरहरुले मृत घोषणा गरेका छन् । पहिरोले घर पुर्ण रुपमा क्षती भएको बताइएको छ ।

यसैबीच तनहुँको रिसिङ गाउँपालिकामा गएराती पहिरोले पुरिदा एक जना घाइते भएका छन् भने पहिरोमा ५ जना बेपत्ता भएका छन् । रिसिङ गाउँपालिका ८ पल्ट्याङ भैसिलिकि भन्ने ठाउँमा अन बहादुर थापाको २ वटा घर माथिबाट आएको पहिरोले पुरिदा थापाकी श्रीमती ६० वर्षिय ज्योती माया थापा घाइते भई उपचारको लागि भिमाद तर्फ पठाइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

पहिरोमा परेर अन बहादुर थापाका जेठा छोरा ३० वर्षका भेष बहादुर थापा, भेष बहादुरकी श्रीमती २९ वर्षकी नानुमाया थापा, छोरी ५ वर्षकी अमिषा थापा, अनबहादुर थापाका कान्छो छोरा २२ वर्षका महादेव थापा र महादेवकी श्रीमती १९ वर्षकी मनिसरा थापा रहेका छन् ।

बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता