चमेलिया नदीमा बगेर बेपत्ता भएका बालक झुलाघाटमा मृत फेला • Nepal's Trusted Digital Newspaperचमेलिया नदीमा बगेर बेपत्ता भएका बालक झुलाघाटमा मृत फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चमेलिया नदीमा बगेर बेपत्ता भएका बालक झुलाघाटमा मृत फेला

चमेलिया नदीमा बगेर बेपत्ता भएका बालक झुलाघाटमा मृत फेला

  • सोमवार, असार २९, २०७७
चमेलिया नदीमा बगेर बेपत्ता भएका बालक झुलाघाटमा मृत फेला

बैतडी, २९ असार चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका हुन् ।

बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोतल समात्न खोज्दा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिनुभयो ।

बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । “भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ”, उहाँले भन्नुभयो, “बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका