सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperसातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • बिहिबार, असार २५, २०७७
सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं, २५ असार। पछिल्लो हप्तादेखि सक्रिय मनसुनका कारण अहिले देशभर आंशिक देखि सामान्य बदली रही देशैभर वर्षा भइरहेको छ ।

यसैबिच आज पनि देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका कारण बाढी समेत आउने भएका कारण सर्तक रहन आग्रह गरिएको छ ।

आज रातीसम्म देशभर सामान्य देखी पुर्ण बदली रही प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका