बि बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत ”करौंती” (भिडियो सहित) | Samacharpati बि बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत ”करौंती” (भिडियो सहित) – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • बि बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत ”करौंती” (भिडियो सहित)

बि बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत ”करौंती” (भिडियो सहित)

बि बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत ”करौंती” (भिडियो सहित)

काठमाण्डौँ, २३ असार । नेपालीहरुले जती शिक्षा हाँसिल गरेता पनि बिदेश पलायन हुनुपर्ने बाध्यता रहेको छ । यसरी प्रदेशिदा आफ्नो घरपरिवार बिरामी पर्दा, अचानक मृत्यु हुँदा घर फर्किन नपाउने स्थिति रहने गर्दछ ।

बिदेशमा खुन पसिना बगाएर दैनिक हात मुख जोड्नुपर्ने यस्ता क्षणलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले शसक्तता दिनु पर्ने पनि आजको आवस्यकता देखिन्छ ।

यति बेला अशंख्य प्रबासी नेपालीहरुको यथार्थ जिबन भोगाइमा माथि उल्लेखित भावमा एक गीत बजारमा आएको छ । “करौती” नाममा बजारमा आएको उक्त गीतमा बरिष्ट गायक रचनाकार तथा संगीतकार बि. बि अनुरागीको स्वर शब्द तथा संगीतले सजिएको छ । गीतले छोटो समयमा असंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भएको छ । गीत अत्यन्तै उत्कृष्ट र मर्मस्पर्शी रहेको छ ।

यस गीतको भिडियोलाई बरिष्ट संगीतकार, गायक तथा रचनाकार बिबि अनुरागी स्वयम् ले निर्देशन गरेका हुन् भने बिबेक विश्वकर्माको छायांकन तथा सम्पादन रहेको छ । करौंती बोलको गीतको म्युजिक भिडियोमा बिबि अनुरागी, सुनिता, शिक्षा, सर्जकको अभिनय देख्न सकिन्छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

आजको ट्रेन्डिङ समाचार