सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४६९ पुग्याे – Samacharpati Samacharpatiसुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४६९ पुग्याे – Samacharpati
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४६९ पुग्याे

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४६९ पुग्याे

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४६९ पुग्याे

कैलाली, २१ असार । सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । आज बिहान विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३ हजार ४६९ पुगेको हो , संक्रमित हुनेमा ७ सय ९० जना र पुरुष २ हजार ६७९ जना रहेका छन् ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८०, बझाङ्गका १३९, बाजुरा ३९०, डडेल्धुराका २५९, दार्चुलाका १७, डोटीका ५१४, कैलालीका ९१६ र कंचनपुरका ४०० रहेका छन् ।

त्यस्तै ७ जनाको मृत्यु भएको छ भने ५ सय ८६ संक्रमित निको भइ घर फर्केका छन् । हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ४३, महाकालीमा १३, अछाममा १०, डोटी २, बाजुरा २, र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका