गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुग्याे | Samacharpati गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुग्याे – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुग्याे

गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुग्याे

गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुग्याे

काठमाडौँ, २१ असार । गण्डकी प्रदेशमा आज ३ जनामा संक्रमण पुष्टी भएको छ । आज एकाबिहानै आएको रिर्पोटमा दुई जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका बागलुङमा २ र तनहुँमा एक गरी थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । आज थपिएका संक्रमितसँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ९१ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता