गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो | Samacharpati गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो

पोखरा, १६ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप १७ जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्ये तनहुँको ब्यास नगरपालिकाका ३ जना पुरुष र १ जना महिला रहेका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जना पुरुष, लिमजुङको बेशिसहर नगरपालिका, मस्र्याङदी गाउँपालिका, मध्येनेपाल नगरपालिका र मादी गाउँपालिकाका १/१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै पोखरा महानगरपालिकाका ६ जना पुरुष र १ जना महिलामा पनि कोरोना भाइरस संक्रमण देखिएको हो ।

उनिहरुलाई सम्बन्धीत जिल्लाको आइसोलेसनमा लैजान तयारी भईरहेको प्रदेश स्वास्थय निर्देशनालय पोखराले जनाएको छ । यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या २१४ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार